मुक्तक

मुक्तक

तिम्राे शहरभरी अतृप्त आभास देखे ।
पुग्नु छ कतै हतारमा खास देखे ।
हलचल बिनाको शान्त दिल भएपनि, 
लासभित्र आखा रसाउने आस देखे ।।

मुक्तक

आटो, फाटो, अनि हिडने वाटो पुरानै ।
मात्र आसा नयाँ, दर्द सारा पुरानै ।।
गणतन्त्रमा अनौठो निरंकुश नयाँ,
निर्धालाई डस्ने हरदम चाल पुरानै ।।

मुक्तक

मैले बुझे श्रमजिवी एउटै तर, फरक हुदो रैछ ।
मजदुरहरुका माग पनि, फर हुदो रैछ ।
ज्यामी, किसानको रगत पसिना सबै स्वार्थी भए, 
बिद्रोह, परिवर्तन नभई केवल तमासा हुदो रैछ ।।

मुक्तक

भाेक पनि साटन मिल्थ्यो हिजाे मेरो गाउँमा ।
कोखै थ्यैन काख थियो हिजाे मेराे ठाउँमा ।।
हाम्रो थियो सवै अचेल तेरो अनि मेरो भयो,
दु:ख पर्दा झर्ने आसु सुक्यो मेरो गाउँमा ।। 


मुक्तक

तिमी आकाशको रवि हौ, धर्ती टेक्न नखोज ।
चन्द्रको रश्मि हौ तिमी, आकाशमै विलाउन नखोज ।। 
हरेक प्रहर आसु पिउन जानी सके मैले,
ब्यर्थै असुहाउदो हासो दिलाउन नखोज ।।

मुक्तक

कहाँ लौडु एउटा‍‍‍‍‍‌‌‌,‍‍‍‍‍     भोक पछ्याउछ ।
कहाँ भागौ एउटा,     शोक अठ्याउछ .।।
कसरी जीऊ हाड–छाला संगाली जीवन,
मृत्युसंगै मृत्यु साटौ एउटा, कोख लठ्याउछ .।।

मुक्तक

उनको पुस्तामा एक रुपैया महंगो ।
मेरो पालामा हजार रुपैया सस्तो ।।
विजोग भनौ या भनौ उमंग सागर,
मालको विटो रुपैयाको, जमाना यो कस्तो ।।

मुक्तक

खुन विनाको क्रान्ति, रोज्ने मलाई हकछ ।
अध्यारोमा चादनी, खोज्ने मलाई हकछ ।।
छिन्दा छिन्दै ढुडो भई सकेछ यहाँ,
ढुडोलाई संङलो बनाउन, तरवार बन्ने हकछ ।।

मुक्तक

एउटै सिमाना भित्र, अनेक देश भेटाउने भए ।
एउटै आमा भित्र, अनेक मातृत्व भेटीने भए ।।
कालो सुर्य झुल्किन्थ्यो होला हरेक बिहानीमा,
हरेक असम्भव भित्र सम्भव भेटीने भए । ।

मुक्तक

 उनको नाउमा सुहाउछ रे, उनलाई मैले थर दिए ।
जीवनमा थोरै धेरै, उनलाई मैले भर दिए ।।
जीन्दगीको गोरेटोमा उनीसंग भेट हुदा,
बाच्छु अरे संग–संगै, धेरै थोरै कर दिए ।।

मुक्तक

साख्खै भाका, साख्खै वाजा विसौनीमा भएपछि ।
आकास रुन्छ, पाताल रुन्छ मनै रोय पछी ।।
टुक्र टुक्रा सिसा पनि, एउटै हुन सक्छ,
छितीज जस्तो मनलाई गोधुलीले छोय पछी ।।

मुक्तक

तिम्राे शहरभरी अतृप्त आभास देखे ।
छोप्नु छ कसैलाइ हतारमा खास देखे ।
कोपिला नफुल्ने दिल भएपनि
लासभित्र आखै रसाउने खास देखे ।।
Powered by Blogger.